हाम्रो नेत्तृत्व
विचार, संघर्ष र जनआधारित राजनीतिका प्रतीक
डा. सी. के. राउत नेपालका ती राजनीतिज्ञ हुन्, जसले वैचारिक स्पष्टता, शान्तिपूर्ण संघर्ष र जनमुखी राजनीतिमार्फत राष्ट्रिय राजनीतिमा फरक पहिचान निर्माण गरेका छन्। वैज्ञानिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका उहाँले मधेशका मुद्दालाई संविधान, संसद र सार्वजनिक बहसको केन्द्रमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।
सांसद बनेपछि उहाँको कार्यकाल नीतिगत हस्तक्षेप, आवाजविहीनको प्रतिनिधित्व र संस्थागत सुधारप्रति प्रतिबद्धताले चिनिन्छ। शिक्षा, रोजगारी, सुशासन, समावेशिता र संघीयताको कार्यान्वयन उहाँका प्रमुख प्राथमिकता क्षेत्र हुन्।

हाम्रो ब्लग
समाचार र विचार
-
जनमत पार्टीले धोती लगाएर माइतीघरमा मनायो राष्ट्रिय पोसाक दिवस
काठमाडौँ । जनमत पार्टीका नेता कार्यकर्ताले माइतीघर मण्डलामा धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाएका छन् । धोती टोपी एक हौ भन्दै उनीहरुले राष्ट्रिय पोषक दिवस मनाएका हुन् । पहाडी समुदायले मधेसी समुदायमाथि गरेको दुर्व्यवहारको विरोधमा अङ्ग्रेजी नयाँ वर्षको दिन धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाइएको सो पार्टीले जनाएको छ ।







